काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेकी छिन् ।
अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।
छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ । स्रोतका अनुसार, प्रत्येक दलबाट २र२ जनालाई छलफलमा बोलाइएको छ ।
सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गरेका थिए ।









