काठमाडौं -पूर्व ऊर्जामन्त्री दीपक खड्का सार्वजनिक भएका छन्।
सोमबार बिहान खड्काले जेनजी आन्दोलन क्रममा जलेको बूढानीलकण्ठस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरेका हुन्।
गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा ऊर्जामन्त्री खड्का देश छाडेर भागिसकेको बताएका थिए।
उनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा छानबिन थालेपछि तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागेको र अरू पनि भाग्न खोजेको बताएका थिए।










