images
images
images

क्यानका महानिर्देशक प्रदिप अधिकारीमाथि दुर्व्यवहार

काठमाडौं – ललितपुरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।  ललितपुर प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार सोमबार बेलुका उनीमाथि दुर्व्यवहार भएको हो ।

सातदोबाटोमा स्कुटरमा आएका व्यक्तिले अधिकारीमाथि दुर्व्यवहार गरेको रिपोर्ट प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । उनका अनुसार अहिले स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ । तर दुर्व्यवहार गर्ने समूह भेटिएका छैनन् ।