images
images
images

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालबीच शिष्टाचार भेट

काठमाडौं  —मधेश प्रदेशका मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष माननीय जितेन्द्र सोनल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधवकुमार नेपालबीच आज शिष्टाचार भेटघाट भएको छ।

भेटका क्रममा अध्यक्ष नेपालले मुख्यमन्त्री सोनललाई बधाई दिँदै देशको समसामयिक राजनीतिक अवस्था, मधेश प्रदेशको सरकारको कार्य सञ्चालन तथा आगामी राजनीतिक सहकार्यका विषयमा विस्तृत छलफल गर्नुभएको जनाइएको छ।

दुवै नेताबीचको भेटलाई समसामयिक राजनीतिक संवादका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।