काठमाडौं – अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दै छिन् ।
छलफल दिउँसो ४ बजेका लागि तय भएको छ । उक्त छलफलमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् ।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत सहभागी हुने बताइएको छ । त्यस्तै, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने छन् ।
माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ ।










