images
images
images

जापानले गर्‍यो व्यवसाय भिसामा कडाइ

काठमाडौँ -जापान सरकारले विदेशीहरूले व्यवसाय गर्नका लागि प्रयोग गर्दै आएको व्यवसाय व्यवस्थापक (बिजनेस) भिसामा संशोधन गरेको छ ।

व्यवसाय व्यवस्थापक भिसामा भएको संशोधनसँगै विदेशी नागरिकले जापानमा कम्पनी खोलेर व्यवसाय गर्नका लागि पुरा गर्नुपर्ने मापदण्ड थपिएका छन् ।

जापानको कानुन मन्त्रालय अर्न्तगत अध्यागमन विभागले जारी गरेको सूचना अनुसार गत अक्टोबर १६ तारिख (बिहीबार)बाट संशोधित नियम लागू भएको छ । उक्त नियमलाई सन् २०२८ सम्म परीक्षण कालको रूपमा लिएको छ । जापान सरकारले सन् २०२८ अक्टोबर १६ पछि उक्त नियम पूर्णरुपमा लागू हुने जनाएको छ ।

गत अक्टोबर १६ तारिख भन्दा अगाडि व्यवसाय व्यवस्थापक भिसाको आवेदन गर्नेहरूको हकमा भने पुरानै नियम अनुसार प्रक्रिया अघि बढ्ने छ ।

तीन वर्षपछि भने सबै व्यवसायीले नयाँ मापदण्ड अनुसार आवेदन दिनुपर्ने छ । हाल ५० लाख येन मूल पुँजीमा सञ्चालनमा ल्याइएका कम्पनीले पनि ३ वर्षसम्ममा कम्पनीको पुँजी ३ करोड येन पुर्‍याउनु पर्नेछ ।

अब नेपालबाट नै जापानमा व्यवसाय व्यवस्थापक भिसा आवेदन दिनेहरूको हकमा पनि सोही नियम लागू हुनेछ ।