images
images
images

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौँ – नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनः निर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो ।

संघका अनुसार नेपाल सरकारले २०८१ साल मङ्सिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू गरेका छैनन् ।

स्वास्थ्य क्षेत्रमा पाँचौँ तहको तलबमान रु ३४ हजारसम्म भए पनि आफूहरूले रु. १५ हजार तलबमा काम गर्नुपरेको गुनासो गर्दै आएका छन् ।

संघले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको पनि जनाएको छ ।