images
images
images

सबल र समृद्ध राष्ट्र निर्माणमा सबैको साझा प्रयास आवश्यक: मुख्यमन्त्री सोनल

बारा, कार्तिक  – मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले सिमरा नेवा: खलमा आयोजित नेपाल संवत ११४६ शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर सामाजिक समरसता र साझा प्रयासको महत्वमा जोड दिनुभयो।

कार्यक्रममा मुख्यमन्त्री सोनलले नेपाली समाज विविध जात, धर्म र संस्कृतिले सजिएको सुन्दर फूलबारी भएको उल्लेख गर्दै, यस्तो समाजको समृद्धि र विकासका लागि सबैको इमानदार र सामूहिक प्रयास अपरिहार्य भएको बताउनुभयो।

उहाँले सामाजिक सहकार्य, साझा उद्देश्य र प्रदेश विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्दै सशक्त र समृद्ध राष्ट्र निर्माणमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवा र विभिन्न समुदायका प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा प्रदेशको विकास, सुशासन र जनउत्तरदायी प्रशासनको अपेक्षा व्यक्त गरे।

समापनमा, जितपुरसिमरा नगरवासीहरूले मुख्यमन्त्रीप्रति हार्दिक बधाई र आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले स्थानीय तहदेखि प्रदेशस्तरको सहकार्य र सद्भावलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।