काठमाडौं -जेन–जी आन्दोलनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न एकजना पक्राउ गरेका छन्।
खोटाङ साकेला गाउँपालिका–१ घर भई ललतिपुर धापाखेल बस्ने २३ वर्षीय शिवकुमार विकलाई प्रहरी परिसर ललितपुरले आज बिहान पक्राउ गरेको हो।
मदिरा सेवन गरी हो–हल्ला गरिरहेको सूचनाका आधामा प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा उनको साथमा एक चाइनिज पेस्तोल, राष्ट्रिय वाणिज्य बैंकको टाँचा लगाएको चार लाख ७८ हजार रुपैयाँ नगद र एक आईफोन नियन्त्रणमा लिएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए। विकलाई ललितपुर प्रहरीकै हिरासतमा राखेर सोधपुछ भइरहेको छ।










