पोखरामा विदेशी पर्यटकले भाइटीका ग्रहण गरेका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजना गरेको भाइटिका महोत्सवमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई बिहीबार भाइटीका लगाइएको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । भाइटीका लगाउने कार्यक्रममा उत्साहपूर्ण रूपमा विदेशी पर्यटक सहभागी भएको सुवेदीले बताए ।
महोत्सवमा तिहारको महत्त्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी गराइएको थियो ।
-1761217402.jpg)
-1761217400.jpg)
-1761217389.jpg)

-1761217385.jpg)
-1761217383.jpg)
-1761217380.jpg)










