images
images
images

‘सहिदको रगत नबिर्स’ भन्दै माइतीघरमा जेन–जीहरूको प्रदर्शन

काठमाडौँ, ७ कार्तिक – सहिदको रगत नबिर्स भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

जेन–जी युनाइटेड परिवर्तनले शुक्रबार सहिदहरूको रगत खेर नजाओस् भन्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘सहिदहरूको रगत नबिर्स’, ‘देश दुख्दा मौन नबसौँ, एक होऔँ’, ‘देश अघि, स्वार्थ पछि’, ‘राष्ट्र पहिला, अहंकार पछि’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।