मुस्ताङ प्रहरीका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन शुक्ररबार बेनी–जोमसोम सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन्। शुक्रबार बेनी–जोमसोम सडकमार्ग यात्रुवाहक सवारीसाधनको लस्करले व्यस्त रहेको प्रहरीले जानकारी दिएको छ। मुक्तिनाथ दर्शन तथा मुस्ताङको रमणीय प्राकृतिक सौन्दर्य अवलोकन गर्न तिहारलगत्तै मुस्ताङमा पर्यटक आवागमन बढेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ।
कात्तिकको एकै सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५ सय ९ आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन्। कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १ सय २९ आन्तरिक र ३ हजार ३ सय ८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको डिएसपी लामाले बताए। कात्तिक पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ६ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको उनले जानकारी दिए।
गत साउनदेखि असोजसम्म १ लाख १८ हजार ५ सय ८९ पर्यटक मुस्ताङ भित्रिएका थिए। यहाँ आन्तरिक ९१ हजार १ सय २५ र विदेशी २७ हजार ४ सय ६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।










