गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा शुक्रबार मृत्यु भएकी पौडेलको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पौडेलको पार्थिव शरीरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए ।
गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी उनको उपचारका क्रममा हिजो मृत्यु भएको थियो ।
गायिका पौडेलको मृत्यु प्रकरणमा प्रहरीले स्टुडियोका सञ्चालक समेत रहेका बाबुल गिरी भनिने धनबहादुर गिरीलाई नियन्त्रणमा लिएको छ ।
गिरीविरुद्ध उनका आफन्तले आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनामा गिरी पनि घाइते भएका थिए । उनको हात खुट्टामा सामान्य जलेको थियो ।










