images
images
images

गृहमन्त्री अर्याल जनकपुर प्रस्थान्, एयरपोर्टमा भिआईपी कक्ष प्रयोग गरेनन्

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन जनकपुर प्रस्थान् गरेका छन् । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री अर्याल आज जनकपुरको लागि प्रस्थान गरेका हुन् । जनकपुर उनी बुद्ध एयरमार्फत प्रस्थान गरेका हुन् । तर, काठमाडौंको एयरपोर्टमा भने उनले भिआईपी सुविधा लिएनन् । अरु सर्वसाधारणजसरी वेटिङ कक्षमा बसेर र बस सेवा लिएर नै विमानसम्म पुगेका हुन् ।

मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी हुने भनिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्री अर्याल आज जनकपुर प्रस्थान गरेका हुन् ।

सोमबार र मंगलबार गरी मन्त्री अर्याल दुई दिन मधेसमा रहने जनाईएको छ । त्यस क्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तक्र्रिया गर्नेछन् । यस्तै गृहमन्त्री अर्याल छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।