मनाङ – हिमाली जिल्ला मनाङमा लेक लागेर थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तनहुँ भानु नगरपालिका-७, गोर्खालीछाप घर भएका ४४ वार्षीय राम थापा मगर रहेका छन् ।
उनी पर्यटक गाइड हुन् । ब्रिटिस नागरीकहरू लियर मनाङ आएका मगर शनिबार मनाङ नार्पाभुमी गाउँपालिका-५, फु गाँउ पुगि फर्कने क्रममा लेक लागी बिरामी भएका थिए ।
बिरामी भएर नार्पाभुमी-२, मेता स्थित केरेला होटलमा बास बसेका मगरलाई आइतबार बिहान उद्घारको लागि हेली एभरेष्ट आएपनी उनको हेलिकप्टर आउनु अगावै बिहान सवा ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी सहायक निरीक्षक सुनिल लामिछानेको कमाण्डमा गएको टोलीले मृतकको शव सोही हेलिकप्टरबाट सदरमुकाम चामे ल्याएको थियो ।
प्रारम्भिक मुचुल्का तथा अनुसन्धान गरि शव परिक्षणको लागि सोही हेलिकप्टर मार्फत टिचिङ अस्पताल काठमाण्डौ पठाएको मनाङ प्रहरीले जनाएको छ ।










