images
images
images

जापानमा एसएसडब्लू मार्फत कामदार पठाउन मागपत्र प्रमाणीकरण सुरु

  काठमाडौं -जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु गरिएको छ ।

जापानस्थित नेपाली दूतावासले २७ असोजदेखि मागपत्र प्रमाणीकरण सुरु गरेको जनाएको हो ।

निश्चित सिपयुक्त श्रमिक ल्याउने सम्बन्धमा प्रचलित कानुन, नियमावली, निर्देशिका र अन्य सम्बन्धित कानुनी प्रावधान, विधि र प्रक्रिया बमोजिम मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरिएको दूतावासले जनाएको हो ।

मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात दूतावासको वेबसाइटबाट लिन सकिने र सोही अनुसार निवेदन पेस गर्न दूतावासको अनुरोध थियो ।

एसएसडब्लू अन्तर्गत विभिन्न १६ क्षेत्रमा सिपयुक्त श्रमिक लैजाने गरिएको छ । नेपालबाट समेत लामो समयदेखि एसएसडब्लू अन्तर्गत श्रमिक पठाउने विषयमा पहल हुँदै आएको थियो ।

एसएसडब्लू अन्तर्गत नर्सिङ केयर, बिल्डिङ क्लिनिङ, इन्डस्ट्री मेसिनरी, कन्स्ट्रक्सन, सिपबिल्डिङ, एभिएसन, हस्पिटालिटी, एग्रिकल्चर तथा मत्स्यपालन, अटोमोबाइल, पेय पदार्थ उत्पादन उद्योग, खाद्य सेवा उद्योग लगायत क्षेत्रमा सिपयुक्त रोजगारी छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष भुवनसिंह गुरुङले पनि दूतावासले मागपत्र प्रमाणीकरण गर्न सुरुवात गरेको बताए । मागपत्र प्रमाणीकरण सुरु गरेसँगै जापान जाने कामदार ठगीमा पर्ने समस्याबाट बच्ने उनको भनाइ छ ।