काठमाडौँ – पर्यटन विभागको महानिर्देशकमा रामकृष्ण लामिछाने नियुक्त भएका छन्। पर्यटन मन्त्रालयले मन्त्रालयका सह-सचिव तथा प्रवक्ता लामिछानेलाई विभागको रिक्त महानिर्देशकको जिम्मेवारी दिएको हो।
स्रोतका अनुसार पर्यटन मन्त्रीसमेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री स्तरीय निर्णयमार्फत सह-सचिव लामिछानेलाई विभागको महानिर्देशकका रूपमा जिम्मेवारी दिने निर्णय गरेकी हुन्। लामिछानेलाई युवा, दक्ष र जुझारु सह-सचिवका रूपमा लिइने गरिन्छ।
यसअघि असोज २३ गते सरकारले गरेको सह-सचिव सरुवामा तत्कालीन महानिर्देशक डा. नारायण प्रसाद रेग्मीको सरुवा भएपछि विभागको महानिर्देशक पद रिक्त रहेको थियो। डा. रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भइसकेको र उनी हाल पोखरा कार्यालयमा पदस्थापन भइसकेका छन्।










