images
images
images

फेरि निलम्बनमा परे महानगर प्रहरी प्रमुख राजु पाण्डे

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डे फेरि ३८ दिनका लागि निलम्बनमा परेका छन्।

आफ्नो कार्यालय प्रवेशमा अवरोध गरेपछि छानबिन समितिको प्रतिवेदनका आधारमा जेठ २० गते प्रशासकीय अधिकृत सरोज गुराईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। उक्त ६ महिना आउँदो मंसिर २० गते पुग्दैछ।

पाण्डेले आफ्नो निलम्बन विरुद्ध गत जेठ २६ गते दायर गरेको रिट निवेदन बुधबार खारेज भएको छ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्का र दीपक खनालको पाण्डेले जेठ २६ गते दायर गरेको रिट खारेज गरेको हो। योसँगै पाण्डे मंसिर २० गतेसम्म बाँकी ३८ दिन फेरि निलम्बनमा परेका छन्।

पाण्डेले दायर गरेको उक्त रिटमाथि सुनुवाइ गर्दै असार ४ गते उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीराज श्रेष्ठको इजलासले निलम्बन कार्यान्वयन नगर्न अन्तरिम दिएको थियो।

त्यहीँ आदेशका आधारमा उनी काममा फर्किएका थिए। तर बुधबारको फैसलाले रिट निवेदन नै खारेज भएपछि पाण्डेको निलम्बन पुनः ब्युतिएको छ।