images
images
images

२७ वर्षीय ‘जेनजी’ बने नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष

काठमाडौं – २७ वर्षीय ‘जेनजी’ कविर सोब नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष बनेका छन् । सोबको अध्यक्षतामा ४५ संस्थापक सदस्यसहित यो दल दर्ताका निम्ति बिहीबार (कात्तिक १३) निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

सीके राउतको जनमत पार्टी त्यागेका अब्दुल खान यो दलको संस्थापक वरिष्ठ उपाध्यक्ष बनेका छन् । पार्टीभित्र परिवारवाद लादेको भन्दै खानले असोज २ गते जनमत त्यागेका थिए ।

नागरिक उन्मुक्ति पार्टी, नेपालको संरक्षकमा रेशमलाल चौधरी छन् । गएको भदौ २९ गते चौधरीले यो पार्टीको घोषणा गरेका थिए ।