images
images
images

रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम र रेशम चौधरीको पनि सहभागिता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरु गरेको बृहत् राजनीतिक संवादमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सहभागी भएका छन्।

‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा सुरु भएको संवाद कार्यक्रम नेपाल हाउस, बालुवाटारमा भइरहेको हो।

रास्वपाका उपसभापति तथा उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेको संयोजनमा भएको संवादमा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहबीच छलफल सुरु गरिएको पार्टीले जनाएको छ।