images
images
images

काठमाडौं महानगरको अनुरोध : अर्काे सुचना नआएसम्म फोहोर बाहिर ननिकाल्नु

काठमाडौं – काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएकाले महानगरबासीलाई फोहोर घरबाहिर ननिकाल्न अनुरोध गरेको छ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध आएपछि महानगरपालिकाले सूचना जारी गर्दै घरभित्रै फोहोर सुरक्षित रूपमा राख्न आग्रह गरेको हो।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, “अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कने फोहोर तथा मैला घरको कम्पाउन्डभित्र सुरक्षित रूपमा राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थानमा नफाल्न अनुरोध गर्दछौं।”

महानगरले अवरोध हट्नेबित्तिकै फोहोर संकलन र व्यवस्थापन कार्य पुन: सुरु गरिने जनाएको छ।