images
images
images

एमालेको महाधिवेशन काठमाडौँमा हुने

काठमाडौँ – नेकपा एमालेको ११ औँ महाधिवेशन काठमाडौँमा हुने भएको छ। शनिबार गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औँ राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो। तर, आजको बैठकले स्थान परिवर्तन गरेर काठमाडौँमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने निर्णय भइसकेको छ।

उनले देशभरका ६ हजार ७ सय ४३ वटै वडामा आगामी कार्तिक २२ गते जनभेला, कार्तिक २५ गते प्रत्येक पालिकामा प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा कार्तिक २९ गते जनसभा गर्ने र काठमाडौँमा मंसिर ६ गते जनसभा गर्ने निर्णय भएको उनले बताए।