काठमाडौँ -निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक रूपमा मान्यता दिएको छ।
आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयं उपस्थित भएका थिए। यससँगै पार्टी निर्वाचनमा सहभागी हुने आधिकारिक अधिकार पाएको छ।
हर्कको पार्टीमा ५ सदस्यीय पदाधिकारी छन् । उनको पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ रहेको छ ।मेयर साम्पाङले आफूहरूले दलको झण्डा नराख्ने बताए । लोकतन्त्रमा विश्वास राख्ने भएकोले आवधिक निर्वाचनमा पार्टीले भाग लिने उनको भनाइ छ । निर्वाचनका लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।
उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।साम्पाङले गत असोज १२ गते दल दर्ताको निवेदन दिएका थिए । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ ।