images
images
images

साइबर आक्रमण रोकथामका लागि सरकारी कर्मचारीलाई नयाँ निर्देशन

काठमाडौँ – सरकारले सरकारी कर्मचारीहरूका लागि नयाँ साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ।

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले संघीय, प्रादेशिक तथा स्थानीय तहमा कार्यरत सूचना प्रविधि प्रणाली प्रयोगकर्ता र प्रणाली सञ्चालनकर्ता कर्मचारीहरूका लागि यो एडभाइजरी जारी गरेको हो।

एडभाइजरीअनुसार, सरकारी सिस्टम प्रयोगकर्ताले प्रत्येक अकाउन्टमा कम्तीमा १२ अक्षरको पासवर्ड राख्नुपर्नेछ, जसमा विशेष क्यारेक्टर पनि समावेश हुनुपर्नेछ। पासवर्ड व्यवस्थापन सजिलो बनाउन पासवर्ड म्यानेजर प्रयोग गर्न पनि सिफारिस गरिएको ।

साथै, मल्टी फ्याक्टर अथेन्टिकेशन प्रयोग, प्रयोग भएका अकाउन्टमा स्क्रिन लक, पासवर्ड वा प्याट्रन अनिवार्य राख्ने सुझाव पनि दिइएको छ।