काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री कार्कीले संघ र प्रदेशबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आजको बैठक आह्वान गरेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेरअघि औपचारिक रूपमा सुरु भएको हो। सचिवालयले जानकारी दिएको अनुसार, संघीय शासन व्यवस्थाको प्रभावकारी कार्यान्वयन र केन्द्र–प्रदेशबीचको सम्बन्ध सुदृढीकरणका विषयमा विस्तृत छलफल हुनेछ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी छन्।
स्रोतका अनुसार बैठकमा राजस्व बाँडफाँट, संघीय अधिकार प्रयोग, विकास योजनाको सहकार्य, र प्रशासनिक समन्वय लगायतका मुद्दामा छलफल भइरहेको छ।










