काठमाडौँ – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वटा वामपन्थी दलबीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ। शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छलफलपछि उक्त सहमतिपत्रमा दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका हुन्।
पार्टी स्रोतका अनुसार, वामपन्थी शक्तिहरूबीच लामो समयदेखि चल्दै आएको एकता प्रयासलाई व्यवहारिक रूप दिन आठ दलबीच साझा सहमति गरिएको हो। सहमतिपत्रमा समाजवाद उन्मुख शासन प्रणालीलाई सुदृढ पार्ने, राष्ट्रिय स्वाधीनता र जनजीविकाको सवालमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाइएको छ।
सहमतिमा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित अन्य वामपन्थी दलहरू रहेका छन्।
बैठकमा नेताहरूले वामएकता केवल चुनावी समिकरण नभई दीर्घकालीन राजनीतिक स्थायित्व र वैकल्पिक शक्तिको निर्माणका लागि आवश्यक रहेको बताएका छन्।
दलहरूबीच गठन भएको संयोजन समितिले अब एकता प्रक्रियालाई कार्यान्वयन गर्न आवश्यक संरचना र कार्यक्रमको तयारी गर्ने बताइएको छ।











