images
images
images

एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त

काठमाडौं – एनआईसी एशिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले शाक्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।

आगामी ३० दिन भित्र शाक्यले कार्यभार सम्हाल्ने गरी सीईओ नियुक्त गरिएको हो । बैंकका सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली थियो ।

लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत शाक्य हाल नबिल बैंकका बरिष्ठ डीसीईओ पदमा कार्यरत छन् । शाक्यले यसअघि तत्कालीन जनता बैंकको डेपुटी सीईओ र नबिल बैंकको कामु सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन् । साथै शाक्यले तत्कालीन सिभिल बैंकमा चिफ बिजनेस अफिसरको रुपमा कार्य गरेका थिए ।

उनीसँग यसअघि हिमालयन बैंक, एनआइसी बैंक, बैंक अफ एशिया लगायतका बैंकमा काम गरेको अनुभव पनि छ ।

undefined