images
images
images

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको आवास र बालाजु प्रहरी चौकीको निरीक्षण

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको राष्ट्रपतिको निजी आवास रहेको बोहोराटार क्षेत्रको सोमबार निरीक्षण गरेका छन्।

गृहमन्त्री अर्यालले घटनाबाट क्षतिग्रस्त संरचनाको स्थलगत अवलोकन गर्दै सुरक्षाकर्मी र स्थानीय अधिकारीहरूसँग छलफल गरेका थिए। भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उक्त भवनमा आगजनी भएको थियो।

सोही क्रममा गृहमन्त्री अर्यालले बालाजुस्थित प्रहरी चौकीको पनि निरीक्षण गरेका छन्। आन्दोलनका क्रममा सो प्रहरी चौकीमा पनि तोडफोड र आगजनी भएको थियो। हाल उक्त चौकी पूर्णरूपमा क्षतिग्रस्त अवस्थामा रहेको छ।

गृहमन्त्रीले घटनाका सम्बन्धमा आवश्यक कारबाही र पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।