images
images
images

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका छन्।

गामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा सोमबार आयोगमा आयोजित छलफल कार्यक्रममा उनले सञ्चारकर्मी र माध्यमहरूले विकट क्षेत्रका नागरिकसम्म सही र वस्तुगत सूचना पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। प्रत्येक पेसाका नागरिकलाई निर्वाचनको महत्त्व र आवश्यकताबारे जानकारी दिनु अहिलेको प्राथमिक दायित्व हो।”

छलफलमा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव महादेव पन्थलगायतको सहभागिता थियो। बैठकमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने तयारीबारे समेत चर्चा गरिएको थियो।

सो अवसरमा राससका महाप्रबन्धक सन्दीप राईले लोकतन्त्रको आधारशिला निर्वाचन भएकाले यसको सफलतामा सञ्चारको सक्रिय भूमिका अपरिहार्य हुने बताउँदै राससले आफ्नो जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको उल्लेख गरे।