काठमाडौँ – नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार आलोकनगरमा भेटवार्ता भएको छ।
प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित पार्टी कार्यालय आलोकनगर पुगेका थिए। हिजोमात्रै माओवादी, समाजवादीसहित आठ दलबीच एकता गर्ने सहमति सार्वजनिक भएको थियो।
भेटवार्तामा पार्टी एकता पश्चात् हुने औपचारिक कार्यक्रम, संगठनात्मक संरचना र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको जनाइएको छ।
एकीकृत पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ हुनेमा सहमति भइसकेको छ। यद्यपि, पार्टीको नामका विषयमा भने अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको स्रोतले जनाएको छ।










