images
images
images

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक प्रारम्भ, सचिव तथा सहसचिवको सरुवा हुने सम्भावन

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक केही बेरअघि प्रारम्भ भएको हो।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णय हुने साथै केही प्रशासनिक विषयमा पनि निर्णय गरिने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार बैठकमा रिक्त राजस्व सचिवको पदपूर्ति तथा बढुवापछि पदस्थापन हुन बाँकी रहेका एक सचिवको व्यवस्थापनका क्रममा करिब आधा दर्जन सचिवहरूको सरुवा हुने सम्भावना रहेको छ।

त्यस्तै, केही सहसचिवहरूको समेत सरुवा र पदस्थापनको तयारी भइरहेको जनाइएको छ।