काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार भेटमा देशका समसामयिक राजनीतिक विषयहरूबारे कुराकानी गरिएको थियो।
भेटमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे, संसद्का महासचिव पद्मप्रसाद पाण्डे, र सचिवद्वय हर्कराज राई तथा रोजनाथ पाण्डे सहभागी थिए।
सरकार र संसद्बीच समन्वय, नीति तथा कार्यक्रमको कार्यान्वयन र आगामी अधिवेशनका तयारीबारे पनि छलफल भएको स्रोतले जनाएको छ।










