images
images
images

खेलकुद मन्त्रालयले समयसीमा तोकेर ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले संस्थागत सुधारका लागि समयसीमा तोकेर ‘तत्काल सुधार कार्ययोजना २०८२’ सार्वजनिक गरेको छ। मन्त्रालयले विभिन्न क्षेत्रलाई समेट्दै १२ बुँदामा सुधारका कार्यहरू उल्लेख गरेको छ, जसका लागि तोकिएको समयसीमा अनुसार काम अघि बढाइने जनाएको छ।

कार्ययोजनाअनुसार मन्त्रालयमा अब नागरिकको गुनासो सुन्न र समाधानका लागि ‘गुनासो कक्ष’ स्थापना गरिनेछ। यसका लागि ७ दिनभित्र आवश्यक तयारी पूरा गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन मापदण्डअनुसार खुला प्रतियोगिता गराएर मात्र छनोट गर्ने कार्यविधि तयार पार्न १५ दिनको समयसीमा तोकिएको छ।

मन्त्रालयले खेल क्षेत्रभित्रको अनियमितता, अपारदर्शिता र गुनासोलाई चाँडो सम्बोधन गर्न यस कार्ययोजना लागू गरिएको जनाएको छ।
कार्ययोजनाको कार्यान्वयन प्रभावकारी बनाउन मन्त्रालयका उच्च अधिकारी र सम्बन्धित निकायहरूलाई प्रतिवेदन पेश गर्ने र प्रगति सार्वजनिक गर्ने व्यवस्था पनि गरिएको छ।

मन्त्रालयका अनुसार सुधार कार्ययोजनाको उद्देश्य युवा तथा खेलकुद क्षेत्रमा उत्तरदायित्व, पारदर्शिता र सुशासन प्रवर्द्धन गर्नुका साथै खेलाडी र युवा वर्गमा विश्वास पुनर्स्थापना गर्नु हो।

अन्तरास्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गर्दा मापदण्ड बमोजिम खुला प्रतियोगिता गराएर मात्र छनोट गर्ने कार्यविधि सार्वजनिक गर्न १५ दिनको समयसीमा तोकिएको छ।