images
images

निकोलस भुसाल गोरखाबाट पक्राउ

काठमाडौं  -काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।

उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।
३ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएनन् ।