images
images
images

रामकुमारी झाँक्रीको टिप्पणी : “एकीकृत समाजवादी भयंकर हुन्छ भन्ने लागेको थियो, तर अध्याय सकियो”

काठमाडौँ–नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन्।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै झाँक्रीले माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी पार्टी अब विघटनको दिशामा पुगेको बताइन्। उनले भनिन्, “नेकपा एकीकृत समाजवादी निर्माणका प्रारम्भिक दिनमा हामीले एउटा भयंकर अभियान चल्ने विश्वास गरेका थियौं, तर त्यो सम्भावना अब समाप्त भएको छ। हाम्रो समाजवादी पार्टीसँगको यात्रा, त्यो पार्टी विघटनसँगै टुंगियो।”

 

आज आफ्ना धारणा सार्वजनिक गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले नेकपा एमालेसँग अलग भएर एकीकृत समाजवादी गठन गर्दैगर्दा अभियान भयंकर हुने लागेको तर त्यो सम्भावना समाप्त भएको बताइन्।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ। एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने नेताहरूले बताएका छन्।