images
images

१९ उपसचिवको सरुवा (नामावलीसहित)

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले स्थानीय तह र संघीय मन्त्रालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयले पछिल्ला दिनहरूमा किस्ताबन्दीमा सरुवा गर्दै आएको छ । आवश्यकताको आधारमा सरुवा गर्नु मन्त्रालयको नियमित प्रक्रिया भए पनि पछिल्लो समय गृह मन्त्रालयका कर्मचारीहरूलाई पुनः सोही मन्त्रालयमै फिर्ता पठाउने निर्णयपछि आलोचना बढेको छ ।

 

यससँगै अब कर्मचारीहरूलाई खटाइएको ठाउँमा जानै पर्छ भन्ने बाध्यात्मक अवस्थामा दर्साउने नैतिक अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रहेन । कमजोरहरूका लागि मात्र कानुन लागू हुने अवस्थाका कारण अब सरुवा रद्द गर्न चाहने तथा विभिन्न कारणले जान नसक्ने कर्मचारीलाई अनेकन आधार देखाएर कुनै नसुनी एकोहोरो खटाएको ठाउँमा जानै पर्छ भन्न सक्ने अवस्थामा मन्त्रालय देखिँदैन ।

घन अनुसार जसले जति प्रेसर दिन सक्यो उसैले बाजि मार्ने विगतको परम्परा पुनः कार्यान्वयनमा आएको अधिकारीहरू बताउँछन् ।