images
images
images

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौँ-पूर्वमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधन भएको छ ।

उनको उपचारको क्रममा आज बिहान साढे २ बजेतिर काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि केही दिनयता उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मिर्गौला फेल  भएकोले उनको निरन्तर डायलाइसिस भइरहेको थियो ।

संविधानसभा निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएका थिए ।

घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

पछि उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए।