images
images
images

मधेश प्रदेशसभामा सांसद रहबर अन्सारीले दले आफैंलाई मोसो

जनकपुरधाम – नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशसभा सांसद रहबर अन्सारीले शुक्रबार प्रदेशसभाको बैठकमै आफैंलाई मोसो दलेका छन्।

अन्सारीले सांसद र दलहरूको नैतिक धरातल समाप्त भएको टिप्पणी गर्दै विरोधस्वरूप आफैंलाई मोसो दलेका हुन्।

मुख्यमन्त्री जितेन्द्र सोनालले विश्वासको मत लिइरहेको बेला अन्तिममा बोल्ने क्रममा अन्सारीले संसद्‌मा आफ्नो धारणा राख्दै केन्द्रको हस्तक्षेपको विरोध गरेका थिए। तर, सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले अचानक मोसो दल्दै विरोध प्रकट गरेका हुन्।

उनले मुख्यमन्त्री सोनाल नेतृत्वको सरकारले स्थानीय सांसदहरूको इच्छाअनुसार नभई केन्द्रको आदेशमा गठन गरिएको आरोप लगाएका छन्।