images
images
images

जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेका विरुद्धमा छन् : रामकुमारी झाँक्री

काठमाडौँ – नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले जेनजी पुस्ताको आन्दोलनका नाममा स्वार्थकेन्द्रित काम भइरहेको बताएकी छिन्।

उनले जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेविरुद्धमा खनिएको पनि जिकिर गरिन्।

सोमवार घर फर्क राष्ट्रिय अभियान कार्यक्रममार्फत नेकपा एमालेमा समाहित हुँदै नेतृ झाँक्रीले यस्तो बताएकी हुन्।

उनले जेनजी आन्दोलन एउटा पुस्ताको एउटा आक्रोश भए पनि त्यसमा रोटी सेक्नेहरु धेरै भएको बताइन्।

अहिले जेनजी आन्दोलन भर्सेस नेकपा एमाले जस्तो भाष्य खडा गरिएको उनले बताइन्।

जेनजी आन्दोलनका स्टक होल्डरहरु नजानिँदो ढंगले आफूलाई दावी गरेर स्वार्थकेन्द्रित काम गर्न थालेको उनको दावी थियो।