काठमाडौँ – उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ले पदाधिकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
उज्यालो नेपाल पार्टी दर्ताका लागि गत साउनमै आयोगमा निवेदन दिइएको थियो। घिसिङको समर्थनमा जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन परेको थियो।
उक्त पार्टीको पदाधिकारी अध्यावधिक गरेर निर्वाचन आयोगलाई मंगलबार अपराह्न विवरण बुझाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
अध्यावधिक विवरणमा पूर्वसचिव अनुप उपाध्यायलाई अध्यक्षमा राखिएको छ। पार्टीको चुनाव चिह्न ‘चिम’ रहेको छ।
पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय रहने आयोगमा पठाइएको विवरणमा उल्लेख छ।









