images
images
images

समाजवादी मोर्चाबाट अलग्गिए विप्लव

काठमाडौँ– तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र जसपा नेपाल मिलि बनेको ‘समाजवादी मोर्चाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अलग्गिएको छ।

४ असार २०८० मा घोषणा भएको मोर्चा एकतासम्म जाने लक्ष्य राखेको थियो। सोहीअनुसार माओवादी, नेकपा एस र पछि बाबुराम भट्टराईको नेतृत्वको नेसपाबाट अलग्गिएका महेन्द्र राय यादव समूह नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण भएपछि विप्लव नेतृत्वको नेकपा भने मोर्चाबाट अलग्गिएको घोषणा गरेको हो।

बुधबार पार्टीका महासचिवसमेत रहेका रहेका विप्लवले एक वक्तव्य जारी गर्दै समाजवादी मोर्चाको औचित्य सकिएको र त्यस कारण आफ्नो पार्टी मोर्चाबाट अलग्गिएको जानकारी दिएका छन्।

१० कम्युस्ट घटकबीच कात्तिक १९ तगे नेपाली कम्युनिस्ट पार्टी घोषणा भएको थियो। विप्लव नेतृत्वको नेकपालाई पनि नेपाली कम्युनिस्ट पार्टीमा सहभागी गराउने तयारी भए पनि अन्ततस् पदका विषयमा कुरा नमिलेपछि विप्लव एकतासमा सहभागी भएका थिएनन्।

विप्लव अहिले एकताको विरोध गर्दै माओवादीबाट अलग्गिएका नेता जनार्दन शर्मा ‘प्रभाकर’ र नेकपा एसबाट अलग्गिएका घनश्याम भुसालसँग एक भएर जाने विषयमा छलफलमा छन्।