images
images
images

हायात रिजेन्सीले गर्‍यो १ सय ३३ कर्मचारी कटौतीको घोषणा

काठमाडौं -हायात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १ सय ३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ।

होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो।

होटलका महाप्रबन्धक आशिष कुमारद्वारा हस्ताक्षरित सूचनाअनुसार २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटलको सञ्चालन ठप्प भएको र त्यसपछिका विभिन्न आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण होटलले आंशिक रूपमा मात्रै सेवा दिइरहेको छ।  कोभिड–१९ महामारी र त्यसपछिका आर्थिक असरका कारण होटलले ठूलो घाटा व्यहोर्नु परेको भन्दै व्यवस्थापनले अहिलेको अवस्थामा सम्पूर्ण श्रमिकलाई कायम राख्न नसक्ने उल्लेख गरेको छ।

होटलका अनुसार विदेशी पर्यटक आगमन घट्दा आयमा कमी आएको र अन्तर्राष्ट्रिय बजारमा होटल व्यवसाय पुनः उकासिन नसक्दा यस्तो अवस्था आएको हो।

व्यवस्थापनले ट्रेड युनियन र सम्बन्धित पक्षहरूसँग छलफलपछि पनि वैकल्पिक उपाय नपाइएको र बाध्यतावश श्रमिक कटौती गर्नुपरेको उल्लेख गरेको छ।

होटलले श्रमिकलाई कानुनअनुसार सम्पूर्ण सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ।