images
images
images

हावा कुरा गर्ने ओली बाहेक एमालेका सबै आउँछन् : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि दाहालले ओली बाहेकका एमाले नेताहरु पनि नेकपामा आउने जिकिर गरेका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्नुहुने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए। दाहालले नेपाली कम्युनिष्ट पार्टीमा १२ वटा राजनीतिक दलहरु समाहित भइसकेको जानकारी दिए।

उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्।’

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन्।