काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् ।
गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
कात्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरीको कमान्ड कार्कीको हातमा आएको हो ।
कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।
२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।









