images
images
images

नबिल बैंकको आठ वर्षे ऋणपत्र-२०८९ नेप्सेमा सूचीकृत, आजदेखि कारोबारमा आउने

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल बैंकको ऋणपत्र सूचीकृत भएको छ।

नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो। नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रको  आजदेखि कारोबार सुरु हुनेछ।

नबिल बैंकको यो ऋणपत्र ८ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।