images
images
images

त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ :त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा मन्त्रालयबाट प्राप्त प्रतिवेदनको अध्ययनसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

गत वर्ष सरकारका तर्फबाट पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानबिन समितिले त्रिविको करिब २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न निकाय र व्यक्तिहरूले अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदन अनुसार आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौँ उपत्यका खानेपानी बोर्ड, कृषि बागवानी केन्द्रलगायत संस्थासँगै कीर्तिपुरस्थित लेबोरेटरी विद्यालयले पनि त्रिविको जग्गा आफ्नो नाममा दर्ता गर्न खोजेको पाइएको छ । सो विद्यालयले त्रिविको स्वीकृति विना जग्गा कब्जा गरी भोग चलन गरिरहेको विवरणमा उल्लेख छ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले समेत यो विषयमा चासो देखाउँदै त्रिविको अतिक्रमित जग्गा फिर्ता प्रक्रिया छिटो अघि बढाउन निर्देशन दिएकी थिइन् ।