images
images
images

मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल

जनकपुरधाम– मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । एमाले–राप्रपा र संघीय समाजवादीबाहेकका सात दलले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाभित्र हात हालाहालको स्थिति सिर्जना भएको छ । सभामुख मण्डल र एमाले सांसदले सात दलका सांसदमाथि हातपात र दुर्व्यवहार गरेका छन् ।

सभामुखको बचाउमा गएका नेकपा एमालेका नेता-कार्यकर्ताहरू र अविश्वास प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबीच झडप भएको थियो । त्यस क्रममा सभामुखले आफ्नै सचिवालयभित्र लोसपाका उपेन्द्र महतो, जनमतका महेश यादव र राजकुमार गुप्तालाई हात हालेका हुन् ।