images
images
images

फेरि फुट्यो उपेन्द्र यादवको जसपा नेपाल, अशोक यादवको अध्यक्षतामा जलोपा दर्ता

काठमाडौँ  -उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । सो दलको महाधिवेशनमा महासचिवका उम्मेदार रहेका अशोक यादवको नेतृत्वमा जनता समाजवादी पार्टी नेपाल छाडेर जनता लोकतान्त्रिक पार्टी (जलोपा) दर्ता गराएर चुनाव चिन्ह भैँसी लिएका छन् ।

अशोक महासचिवको उम्मेदार हुनुअघि सो पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष रहेका थिए । तर उनले दबाब र षडयन्त्रपूर्वक आफूलाई महासचिवबाट हटाइएको भन्दै असन्तुष्ट रहँदै आएका थिए ।

 

अशोक यादवले आफ्नो अध्यक्षतामा निर्वाचन आयोगमा जलोपा दर्ता गराएको बताए । उनका अनुसार पार्टीको चुनाव चिह्न भैँसी प्रस्ताव गरिएको छ ।

सो पार्टीको संरक्षकमा भने जसपा नेपाल छाडेका अमरेशनारायण झा लाई राखिएको छ । २१ सदस्यीय कार्यसमिति रहेको पार्टीका अधिकांश नेता जसपा छाडेकाहरू रहेको यादवले बताए ।