images
images
images

मधेशमा मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद र पार्टीबाट हटाउन सिफारिस

काठमाडौँ – पार्टीलाई नसोधीकन मन्त्री बनेकी कन्चन विच्छालाई कारबाहीका लागि राप्रपाको अनुशासन समितिले सिफारिस गरेको छ ।

आज बसेको समितिको बैठकले विच्छालाई सांसदबाट हटाउन र पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गर्न पार्टीलाई सिफारिस गरेको हो ।

 

विवादास्पद ढंगले मुख्य मन्त्री बनेका एमालेका सरोज यादवले कञ्चनलाई विना विभागीय मन्त्रीको शपथ खुवाएका थिए । त्यस लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई उनले फिर्ता हुन सामाजिक सञ्जालबाटै निर्देशन दिए । साथै अनुशासन समितिले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

विच्छाले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि रोशन कार्कीको अध्यक्षतामा बसेको समिति बैठकले कारबाहीका लागि सिफारिस गरेको हो । समितिको सिफारिस अनुसार चाँडै कार्यसम्पादन समितिको बैठक बसेर कारबाहीको निर्णय लिइने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।