images
images
images

बिहार विधानसभामा मतगणना सुरु, प्रारम्भिक रुझानमा एनडिए अगाडि

बिहार विधानसभाको २ सय ४३ सिटका लागि मतगणना सुरु भएको छ। बिहारमा २ चरणमा मतदान भएपछि आज मतगणना सुरु गरिएको हो। सबैभन्दा पहिले पोस्टल ब्यालेटको गणना सुरु गरिएको छ। त्यसपछि इभिएमको गणना सुरु हुनेछ।

एक चरणमा १४ इभिएमको गणना सुरु हुनेछ। गणनाका लागि ३८ जिल्लामा ४६ काउन्टर लगाइएको छ। प्रारम्भिक मतपरिणामहरु सार्वजानिक हुने क्रममा छन्। सुरुवाती रुझानमा एनडए गठबन्धअघि देखिएको छ। प्रधानमन्त्री मोदीको गठबन्धका रुपमा रहेको एनडिएमा नितिशकुमार मुख्य मन्त्री बन्न सक्नेछन्।

जवाफमा महागठबन्धनले पछ्याइरहेको छ। तर अहिलेसम्मको रुझानमा ६५ स्थानमा एनडीएको अग्रता रहँदा ३७ स्थानमा महागठबन्धनले अग्रता बनाएको छ। तर सुरुवाती रुझना भएकाले अहिलेसम्म जितको आँकडा भने आइसकेको छैन।